संवैधानिक, सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ, अनि, के गर्छ त राजाले ? : ओली

0
2

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बहस असान्दर्भिक भएको बताएका छन् । सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको बताए ।

‘अहिले नेतालाई जेलमा हालेर शासन गर्ने राजा ल्याउन खोजेको ? भन्दै उनले प्रश्न गरे । “कस्तो राजा ल्याउन खोजेको ? यी दलहरूले गरेनन्, यी दलहरूलाई जेलमा हालेर चलाउने एकदम तानासाहको राजा बनाउन खोजेको ?,” उनको प्रश्न छ ।

उनले ‘सेरेमोनियल’ त राष्ट्रपति रामचन्द्र पौडेल नै रहेको बताए । “संवैधानिक, सेरेमोनियल यस्तो राजा बनाउन खोज्या ? सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि, के गर्छ त राजाले ? गद्दीमा बसेर केही गर्ने त होइन,” ओलीले भने ।

ad

Leave a Reply