सहकारी ठगी प्रकरणमा पक्राउ कुश्माका कार्यकारी अधिकृत जेल चलान

पोखरा । कास्कीको सूर्यदर्शन सहकारीको कार्यक्षेत्र विस्तारको लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् ।

जिल्ला अदालत कास्कीले मंगलबार कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका पराजुलीसहित सहकारीका कर्मचारी गोपाल खनाल, शेयर सदस्यहरु बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

न्यायाधीश ऋषिराज पराजुलीको इजलासले सो निर्णय गरेको हो। पराजुलीमाथि पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेलले कार्यक्षेत्र विस्तारको क्रममा १ करोड २५ लाख रुपैयाँ बुझाएको जिकिर गरेका छन्। सोही आधारमा उनी पुस ११ गते कुश्माबाट पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड विगो दावीसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रहरीको सोही प्रतिवेदनका आधारमा उनीहरुमाथि मुद्दा दायर गरिएको हो। ३२ जनाविरुद्ध मुद्दा परे पनि हालसम्म ५ जनामात्र पक्राउ परेका छन्।

सहकारीका ३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए।

More From Author

नेपाली सेनाबाट राजीनामा दिएर रुसी सेनामा भर्ती भएका स्याङ्जाका युवकको मृत्यु

खुला विश्वविद्यालयकी उपकुलपतिलाई कार्यालय प्रवेश निषेध

Leave a Reply