एमाले दार्चुलामा पूर्वमाओवादी नेताहरू परेनन् पदाधिकारी सर्वसम्मत चयनमा

0
3

दार्चुला । नेकपा एमाले दार्चुलाको ९ औं महाधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । पाँच सदस्यीय पदाधिकारीमा दाबी गरेका माओवादी पृष्ठभूमिका निवर्तमान एमाले अध्यक्ष प्रेमसिंह धामी, एमाले प्रदेश कमिटी सदस्य डीएन घाजिरेल र हिमाल धामीलगायतका नेताहरू भने पदाधिकारीमा परेनन् ।

माओवादी पृष्ठभूमिका नेताहरूलाई रैथाने एमालेहरुले घेराबन्दी गर्दै अध्यक्षमा ज्ञानेद्र बहादुर घर्ती, उपाध्यक्षमा प्रमानन्द जोशी, सचिवमा उमेश जोशी, सह-सचिवमा कर्ण बहादुर खडायत र सह- सचिवमा कमला पन्त बिष्टलाई निर्वाचित गरेको छ ।

आठौं महाधिवेशनमा रैथाने एमालेहरुलाइ तह लगाएका पूर्वमाओवादी नेताहरू यो पटक भने आफैं पाखा लागेका छन् । लामो समयदेखि एमाले दार्चुला भित्र रैथाने र गैर रैथाने एमालेको बहस चल्दै आएको र यो पटक त्यसको अभिव्यक्ति ९ औं अधिबेशनमा अभिव्यक्त भएको एमाले दार्चुलाका नेताहरू बताउँछन् । कमला पन्त बाहेक अरु माओवादी पृष्ठभूमिका नेताहरू पदाधिकारीमा अट्न सकेनन् ।

आफुलाइ एमालेले महाधिवेशनमा पूर्ण निषेध गरेपछि माओवादी छाडेर धमाधम एमाले प्रवेश गरेका माओवादी पृष्ठभूमिका नेताहरू पछुताएका छन् । एमाले प्रवेश गरेपछि न्यूनतम राजनीति सस्कारलाई समेत बेवास्ता गरि माओवादी पार्टीलाई लुटेरा, फटाहा, अपराधी भन्दै तथानाम दुत्कार्दासमेत एमालेले नपत्याएरै अघोषित रूपमा माओवादी करार गरेपछि आफ्नो राजनीतिक हैसियत के हुने भन्ने अन्योलताको स्थिति सिर्जना भएको छ ।

ad

Leave a Reply