सुदूरपश्चिम माओवादीमा भूकम्प, दलको नेता र मन्त्री फेर्न प्रचण्डलाई बहुमत सांसदहरुको दबाब

0
2

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटेका सांसदहरुले सकारात्मक जवाफ पाएको बताएका छन् । प्रधानमन्त्रीलाई भेट्न सभामुख भीमबहादुर भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता माल, प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, सरल, लक्ष्मी विक बालुवाटार पुगेका थिए ।

ad

Leave a Reply