छपनी प्रहार गरि ७० वर्षीय वृद्धको हत्या, बचाउन गएका २ जनाको हत्या

0
15

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुंगा (छपनी) प्रहार गरेर एकजनाको हत्या गरिएको छ । दुईजना घाइते भएका छन् । छपनी प्रहार गरिँदा मालिका–७, बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार, मनीषाकी सात वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए । मनीषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेका स्थानीयको भनाइ छ ।

घाइते दुवैलाई थप उपचारका निम्ति दरवाङबाट हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको प्रनाउ कुँवरले जानकारी दिए । प्रियंकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए ।

ad

Leave a Reply