काठमाडौं । बंगलादेशमा आम निर्वाचनको मतदान जारी छ । बिहान आठ बजेदेखि जारी मतदान साँझ ५ बजे समाप्त हुने छ । चुनावको नतिजा ८ जनवरी ९मंगलबार० बिहानै घोषणा हुने सम्भावना छ ।
यो निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिनाको चौथो जित सुनिश्चित देखिएको छ । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको मुख्य विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी०ले चुनाव बहिस्कार गरेकाले पनि शेख हसिनाको जित निश्चित रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
७८ वर्षीया खालिदा जिया भ्रष्टाचारमा दोषी ठहरिएपछि घरमै नजरबन्द छिन् । प्रधानमन्त्री शेख हसिनाले भने ढाकाको एक केन्द्रबाट मतदान गरिसकेकी छन् । बंगलादेश अवामी लिग पार्टीकी अध्यक्ष उनी सन् २००९ देखि प्रधानमन्त्री छिन् ।
बंगलादेशमा ३०० सिटका लागि भइरहेको निर्वाचनको अघिल्लो दिन केही जिल्लामा हिंसात्मक गतिविधि भएका थिए । शनिबार बिहानै १० जिल्लाका करिब १७ मतदान केन्द्रमा आगजनी भएको थियो ।
यसैगरी भिलेज डिफेन्स पार्टीका एक सदस्य रञ्जित कुमार डे मतदान केन्द्रमा खटिएको बेला मृत फेला परेका थिए । प्रहरीका अनुसार उनको शव बलियाकाण्डी मतदान केन्द्र रहेको विद्यालयको पछाडि झाडीमा फेला परेको थियो । उनको हत्या भएको प्रहरीले जनाएको छ ।