राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटमा सहमति, कांग्रेसलाई १० र माओवादीलाई ६ सिट

0
4

काठमाडौं । सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटबारे सहमति भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार १९ पदका निम्ति दलहरूबीच भागबन्डाको सहमति भएको हो ।

भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने तय भएको उनले बताए । क्लष्टरको विषय भने टुंगिन बाँकी छ । केही घण्टाभित्रै त्यो टुंगो लाग्ने लेखकले बताए ।

ad

Leave a Reply