कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार, शेखर समूहलाई ३ सिट

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ। कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना ९मधेश०, बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत ९बगमती०, कृष्ण रोकाया ९कर्णाली०, नारायण दत्त भटट र बलदेव बोहरा ९सुदुरपश्चिम०, पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ ९गण्डकी०, बिष्णुदेवी सापकोटा ९लुम्बिनी० लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।

परियार, श्रेष्ठ र सापकोटा शेखर कोइराला पक्षबाट उम्मेदवार बन्न लागेका हुन्। शेखर पक्षले सभापति देउवासमक्ष आफ्नो समूहलाई चार सिट दिनुपर्ने माग गरेपनि ३ सिटमा चित्त बुझाएको छ।

यसअघि दुईपटक झापाबाट चुनाव हारेका पूवमहामन्त्री सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रियसभामा लैजान लागेको चर्चा छ। मधेशबाट उम्मेदवार बन्न लागेका ढुंगाना पार्टीको केन्द्रीय सदस्य तथा अनुशासन समिति संयोजक हुन्।

पुडासैनी नेपाल महिला संघ काठमाडौँकी अध्यक्ष हुन्। उनी प्रकाशमान सिंह समूहकी हुन्। प्रकाशमान पत्नी सिर्जना सिंहलाई काठमाडौँको मेयरमा उठाउन पहिलो सार्वजनिक माग र ज्ञापनपत्र कांग्रेसमा उनैले बुझाएकी थिइन्। बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन्।

पार्टी निर्णयमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने लिखितरुपमा फरक मत राखेका छन्। आगामी माघ ११ गते राष्ट्रियसभा २० स्थानका लागि हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।

More From Author

दार्चुलामा एक युवती मृत फेला

बोराभित्र भेटिएका दुई वटा शवको पहिचान

Leave a Reply