ओलीले हाम्रो पार्टी ध्वस्त बनाउन खोजिरहेका छन् : माधव नेपाल

0
3

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाएका छन् । शुक्रबार पार्टीको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेस्रो वार्षिकोत्सव कार्यक्रममा उनले ओलीको नाम नलिइ त्यस्तो बताएका हुन् ।

“हामी देखिरहेका छौँ । हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन्,” नेपालले भने, “हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ ?”

उनले पार्टीमा चुनौती रहेको बताए । त्यसैले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने पनि बताए । “गठबन्धनमाथि भरोसा गरेर उनीहरूले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो,” नेपालले भने । साथै, उनले प्रतिगामी शक्तिले धावा बोलिरहेको बताए । व्यवस्थाको पक्षमा उभिने शक्तिहरू शत्रु हुन नसक्ने उनको भनाइ छ ।

ad

Leave a Reply