१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

छायाँकार जावेद शाहको ७० वर्षको उमेरमा निधन



काठमाडौं । नेपाली चलचित्रका छायाँकार जावेद शाहको ७० वर्षको उमेरमा निधन भएको छ । उहाँको बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएका हो भने बिहीबार मुश्लिम परम्परा अनुसार अन्तिम दाहसंस्कार भइसकेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताउनुभयो । शाहको निधनको खबर भने शुक्रबार मात्र बाहिरिएको हो ।

रुसमा चलचित्र सम्बन्धि अध्ययन गरेर फर्किएपछि सन् १९८३ मा उहाँले ‘बदलिँदो आकाश’ नामक चलचित्रमा सहायक छायाँकारको रुपमा काम गर्नुभएको थियो । ‘भाग्यरेखा’ बाट भने शाह छायाँकारको रुपमा चर्चित हुनुभएको थियो । शाहले ‘विजय पराजय, युगदेखि युगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतीक्षा, ज्वाला, अवतार, रानी खोला’ लगायत दर्जनौं चलचित्र छायाङ्कन गर्नुभएको थियो ।

उहाँले अन्तिमपटक क्यामेरा चलाएको चलचित्र ‘मनको टुक्रा’ सन् २००४ मा प्रदर्शन भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । एक मैथली चलचित्रमा समेत काम गर्नुभएको शाहले पारिवारिक जीवन बिताउँदै आउनुभएको बताउनुभयो ।छायाङ्कन विधामार्फत् नेपाली चलचित्र क्षेत्रको सेवा गर्नुभएको शाहको निधन गुमनाम नै बन्नगयो । श्रीमती र दुई छोरा छन् ।


प्रतिक्रिया दिनुहोस !