काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन्। उनले ती सैन्य गठबन्धनको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने पनि बताएका छन्। युगाण्डाको काम्पालामा जारी असंलग्न राष्ट्रहरुको आन्दोलन ९नाम०को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा साउदले नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार नगर्ने बताएका छन्। ‘हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं’, उनले भने। परराष्ट्रमन्त्री साउदले नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको पनि बताएका छन्।
मन्त्री साउदले बहुपक्षीयता प्रबर्द्धनमा नामले निर्णायक भूमिका खेल्नुपर्नेसमेत बताएका छन्। ‘शान्तिपूर्ण खोज्दै, संयुक्त राष्ट्र संघीय बडापत्र र अन्तर्राष्ट्रिय कानुनको रक्षा गर्दै विवादहरूको समाधान, विश्वव्यापी वित्तीय संरचना सुधार, साझा समृद्धिको लागि एक मात्रै विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्दै नामले भूमिका खेल्नुपर्छ’, उनले अगाडि भने।