खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन बाबुराम र रवि एकै ठाउँ

0
2

काठमाडौंको खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध प्रदर्शन भएको छ।

‘अकुपाई टुँडिखेल’ले खुलामञ्चलाई खुलै रहन दिन माग गर्दै प्रदर्शन गरेको हो।

प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछानेलगायतले प्लेकार्डसहित खुला मञ्चमा उभिएका छन्।

दबाबपछि डा. भट्टराईले खुलामञ्च ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिविम्बस्थल’ रहेको बताउँदै यसलाई खुलै रहन दिन माग गरेका छन्।

‘बरु खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुलारूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाऊँ!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवन्त लोकतन्त्रमा संसद मात्र होइन, सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभ संकेत हैन।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध भएको छ।

ad

Leave a Reply