कोरम नपुगेर राज्य व्यवस्था समितिको बैठक स्थगित

0
22

संघीय संसदको राज्य व्यवस्था समितिको बैठक स्थगित भएकोछ ।

आज बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।बैठक सञ्चालनका लागि १४ जना आवश्यक हुनुपर्नेमा १० जना सांसद मात्रै उपस्थित थिए ।

कोरम नपुगेपछि आजका लागि तय भएको बैठक यही माघ १४ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

बैठकमा अनुगमन मूल्यांकनसम्बन्धी विधेयक एजेन्डा रहेको थियो ।

ad

Leave a Reply