बैंकहरुको वित्तीय विवरण बिग्रिदा नेप्सेमा धक्का, जलविद्युतको उत्साह कायमै

सूचीकृत कम्पनीहरुको वित्तीय विवरण खस्किएपछि त्यसको असर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परेको छ। आइतबार नेप्सेमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। खासगरी वार्णिज्य बैंकहरुको वित्तीय विवरण बिग्रिएको छ।

तर, बजारमा मूल्य भने अन्य कम्पनीको धेरै घटेको छ। वार्णिज्य बैंकहरुको पुँजी  अधिक रहेका कारण सेयर मूल्य न्यून बिन्दुमा भएको स्थितिमा पनि सामान्य घट्दा समेत त्यसको ठुलो असर पर्छ। 

सबैजसो वाणिज्य बैंकको सेयरमूल्य घटेको छ। विकास बैंक, वित्त कम्पनी, लघुवित्त, उत्पादनमूलक क्षेत्र लगायत सबै क्षेत्रमा असर देखिएको छ। यद्यपि, घटेको बजारमा पनि अंखुखोला जलविद्युत कम्पनी, समाज लघुवित्तीय संस्था, हिमालयन लुघवित्त वित्तीय संस्था र मिड सोल हाइड्रोपावरको सेयरमूल्य नौ प्रतिशतभन्दा बढी अंकले बढेको छ। 

नेप्से २५.६३ अंक अर्थात् १.१८ प्रतिशतले घटेर २ हजार १ सय ३० दशमलव १८ बिन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ७.२४ अंकले घटेर २ हजार १ सय ५५ दशमलब ८२ को बिन्दुमा बन्द भएको थियो। 
 कुल ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ रुपैयाँ बढीको कारोबार भएको छ। बिहीबार भने कुल ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। 

कारोबार भएकामध्य ६४ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ७७ कम्पनीको सेयरमूल्य घटेको छ। यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर छ। आइतबार सिइडिबी आइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यसको सेयरमूल्य ८.२७ प्रतिशतले घटेको छ।   

More From Author

भारत हुँदै रूस जाँदै गरेकाे विमान अफगानिस्तानमा दुर्घटना

छानबिनमा रहेका न्यायाधीश भट्टराईले दिए राजीनामा

Leave a Reply