दाङको रिहार नजिक बस दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका-१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उक्त बस बर्दियाबाट काठमाडौं आउँदै थियो । बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले पट्टा भाँचिएर बस दुर्घटना भएको अनुमान गरिएको जनाएको छ ।

More From Author

६ महिनामा ६ खर्ब ९३ अर्बको व्यापार घाटा

‘मिनी ट्रक’ दुर्घटनामा दुईजनाको मृत्यु

Leave a Reply