इन्डियन आइडलको शीर्ष १० मा पुगिन् मेनुका पौडेल

काठमाडौं । नेपालकी गायिका मेनुका पौडेल भारतीय रियालिटी शो ुइन्डियन आइडल १४ को शीर्ष १० मा प्रवेश गरेकी छिन्। आइतबार एपिसोडमा उनी टप १० भित्र पर्न सफल भएकी हुन्।

आइतबार प्रसारित एपिसोडमा पियुष, अज्जना र मुस्कान बटन थ्रीमा परे। जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन्। पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन्। उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए।

उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन्। मेनुकाले प्रभास अभिनित भारतीय फिल्म सलारु मा समावेश गीत समेत स्वर दिइसकेकी छिन्।

More From Author

भारतबाट एमबीबीएसको नक्कली प्रमाणपत्र बनाएका चिकित्सक पक्राउ

कोशीमा अस्पतालको नाम बदल्ने होड: सरकार फेरिएपिच्छे फरक नाम

Leave a Reply