काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले एक करोड ८० लाख लिएको भन्दै मिडियाले मिस लिडु गरेको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत उनले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको बताए ।
“कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु,” उनले भने । उनले आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने बताए ।