हिजो बसेको क्याविनेट बैठकले गरेका विभिन्न १९ निर्णय सार्वजनिक भएको छ । हिजोको क्याविनेट बैठकले विभिन्न सेवा,समूह र उपसमूहका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतलाई सम्बन्धित सेवा,समूहको राजपत्राकिंत प्रथम श्रेणीमा बढूवा गर्ने,संघीय संसदको दुबै अधिवेशन २२ माघ सोमबार बोलाउने निर्णय गरेको छ । यस्तै सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।
