सुदूरपश्चिमका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको मतदानपछि अपराह्न आएको मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका बलदेव बोहराले प्रदेश सभा सदस्यतर्फको ३९ मत पाए।

यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका १ सय १९ मत पाए। यसरी प्रदेश सभा सदस्यतर्फ २ हजार ६७ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतबाट २ हजार २ सय ६१ गरी जम्मा ४ हजार ३ सय २८ मतभारसहित विजयी भए।

महिलातर्फ नेकपा माओवादी केन्द्रकी रेणु चन्दले प्रदेश सभा सदस्यतर्फको ४१ मत पाइन्।

यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका १ सय २० मत पाइन्। यसरी प्रदेश सभा सदस्यतर्फ २ हजार १ सय ७३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतबाट २ हजार २ सय ८० गरी जम्मा ४ हजार ४ सय ५३ मतभारसहित विजयी भइन्। 

अल्पसंख्यक/अपांगता क्लष्टरबाट नेपाली कांग्रेसका नारायणदत्त भट्टले प्रदेश सभा सदस्यतर्फको ४० मत पाए। यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका १ सय २१ मत पाए। यसरी प्रदेश सभा सदस्यतर्फ २ हजार १ सय २० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतबाट २ हजार २ सय ९९ गरी जम्मा ४ हजार ४ सय १९ मतभारसहित विजयी भए।

एमालेका तर्फबाट तीन सिटका लागि रामचन्द्र जोशी, सावित्रा घिमिरे र ईश्वरीप्रसाद खनाल उम्मेद्वार थिए। तीनैजना सत्ता गठबन्धनका उम्मेद्वारसँग पराजित भए।

More From Author

राष्ट्रियसभा निर्वाचन : सर्वाधिक चर्चित तीन स्वतन्त्र मेयरले गरेनन् मतदान

मरणासन्न हुने गरि कुटिएका चिकित्सक बी एन्ड बी अस्पतालमा भर्ना

Leave a Reply