पहाडी भू-भागमा वर्षा, उच्च क्षेत्रमा हिमपातको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज ९शुक्रबार बिहान० तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। यसले तराई मधेश क्षेत्रको जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असर र चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। यो क्रममा शनिबार र आइतबारसम्मै जारी रहने महाशाखाको पूर्वानुमान छ।

More From Author

मरणासन्न हुने गरि कुटिएका चिकित्सक बी एन्ड बी अस्पतालमा भर्ना

सुपर सिक्समा पुग्न नेपालले जित्नैपर्ने

Leave a Reply