इमेज सहकारी संस्थाकी कोषाध्यक्ष धोबीघाटबाट पक्राउ

इजेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्षलाई प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका-३ बस्‍ने  २७ वर्षीया लक्ष्मी सेन सुनार रहेका छन् । उनलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले जनाएको छ ।

पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।

गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि लक्ष्मी फारार भएकी थिइन् ।

सरिता तिमल्सेना (कँडेल)सहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो।

More From Author

अफगानिस्तानविरुद्ध नेपाललाई पाँचौं सफलता

थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ

Leave a Reply