गुल्मीबाट ३० जनाले लिए गैरआवासीय नागरिकता

नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् ।

गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो ।

यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे बताए ।

प्रशासनमा थोरै जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन गएमा भने उसै दिन प्रदान गर्न नसकिने उनको भनाइ छ ।
गैरआवासीलाई नागरिकता प्रदान गर्न प्रक्रिया पुर्‍याउन समय लाग्छ ।

गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफासिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।

नेपाल नागरिकता -तेस्रो संशोधन) नियमावली २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो ।

गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, पासपोर्ट बनाउन पाउने छैनन् । तर, सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।

More From Author

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो

Leave a Reply