संखुवासभा । संखुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ ।
उच्च हिमाली भागमा बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रका किमाथांका नाका, मकालु आधारशिविर, तीनजुरे, गुफापोखरी, मंगलबारेका डाँडाकाँडा सेताम्मै भएका छन् ।