Saturday, November 23, 2024
spot_img

ट्रेन्डिङ :

पर्यटन मजदुरहरुले मागे मन्त्रि भट्टराईकाे राजीनामा

spot_img
spot_img

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् ।

सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड अघि नाराबाजीसहित प्रर्दशन गरेको छ । उनीहरुले पर्यटन मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् ।

आन्दोलित पर्यटन मजदुरले आफूहरुको हितमा पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग गरी नारा पनि लगाएका छन् ।

मजदुरहरु माइतीघर मण्डलाबाट नाराबाजीसहित पर्यटन बोर्ड गएका हुन् । नेपालको पर्यटन क्षेत्रको रक्षाका लागि सरकारले काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

पयर्टन व्यवसाय गएको चैतदेखि नै ठप्प रहेको छ। यसले गर्दा पर्यटन क्षेत्र नै बन्द हुने र आफूहरुको रोजीरोटी नै सदाका लागि खोसिने अवस्था आएकाले आन्दोलन गर्नु परेको उनीहरुले बताएका छन् ।

उनीहरुले आइतबार पर्यटन दिवस भए पनि आफूहरुका लागि यो कालो दिन रहेको भन्दै नाराबाजी गरेका हुन्।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?