नेपाल-चीन सम्बन्धमा खेल्नेहरू धेरै छन् : सीपीसी उपमन्त्री हाइयान

0
3

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले खेल्न खोजेको बताएकी छन्। नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको बताउँदै अन्य केही मुलुकले यस्तो देख्न नचाहेको बताएकी हुन्।

उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्धलाई सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमती र समझदारी पत्रमा भएको हस्ताक्षरले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाएको बताइन्। उनले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउनेरु त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुनेरु भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।

उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इन्डोनेसिया भएको बताइन्। साथै, कोभिड मात्रै नभै विभिन्न कारणले काम नेपालमा चिनियाँ लगानीमा सम्पन्न भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भैरहेको बताइन्।

‘जिविकोपार्जनका लागि पनि नेपालमा परियोजना आवश्यक रहेको बुझेका छौँ। त्यसका लागि पनि हामी काम गरिरहेका छौँ। तर त्यसका लागि नीतिगत सुधार जरुरी छ। यहाँको जनताले त्यो पाउनुपर्छ।’ उनले दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहको उनको भनाइ थियो।

गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो। विशेषगरि चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो।

यस्तै नेपालका लागि चिनियाँ राजदूत छन संगले आफू पहिलोपटक नेपाल आउँदा चिनियाँ नागरिक खै भनेर सोध्ने गरेको, तर अहिले नेपालमा चिनियाँ आउन थालेका बताए।

ad

Leave a Reply