एलन मस्कलाई जित्दै विश्वको सबैभन्दा धनी बने बर्नार्ड अर्नाल्ट

एलन मस्कलाई उछिन्दै फ्रान्सका धनाढ्य तथा लुईस भियटो मोएट हेनेसीका सीईओ बनार्ड अर्नाल्ड विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

टेस्ला कम्पनीको सेयरमा आएको भारी गिरावटका कारण एलन मस्क विश्वको शीर्ष धनाढ्यको सूचीबाट तल झरेका हुन् । फोर्ब्सको रियलटाइम बिलिनियर्स सूचीका अनुसार अर्नाल्डको कुल सम्पत्ति २०७ अर्ब डलर रहेको छ ।  

त्यस्तै मस्कको कुल सम्पत्ति २०४ अर्ब डलर रहेको छ । विश्वका तेस्रो धनाढ्य मा जेफ बेजोस यथावत छन् ।  

मस्कको कम्पनी टेस्लाको सेयरमा यो वर्ष २६ प्रतिशतभन्दा धेरैको गिरावट आईसकेको छ । जनवरी १ मा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४८.४२ डलर थियो । अहिले यो घटेर प्रतिकित्ता १८३.२५ डलरमा सीमित भएको छ ।  

उता अर्नाल्डको कम्पनीको सेयरमूल्यमा भने यस वर्ष ७ प्रतिशतको वृद्धि देखिएको छ । 

More From Author

अध्यागमनका अधिकृतलाई कुटपिट गर्ने दुई प्रहरीलाई विमानस्थलबाट हटाइने

राष्ट्रिय सभाको चुनावमा मतदान नगर्ने स्वतन्त्र जनप्रतिनिधिप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति

Leave a Reply