आज तराईमा हुस्सु, पानी पर्ने सम्भावना न्यून

काठमाडौं । तराईका अधिकांश स्थानहरुमा आज पनि हुस्सुरकुहिरो लागेको छ । केही ठाउँमा शीतलहर चलेकोले जनजीवन कष्टकर बनेको छ । पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना छ ।

More From Author

राष्ट्रिय सभाको चुनावमा मतदान नगर्ने स्वतन्त्र जनप्रतिनिधिप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति

अमेरिकी सैन्य बेसमा ड्रोन हमला, तीन सैनिकको मृत्यु

Leave a Reply