दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु

0
2

दार्चुलाको नौगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका-४ सिप्टी परगैरा बस्ने अन्दाजी ३५ वर्षीया थुचा धामीको भिरबाट लडेर ज्यान गएको हो।

उनी मृत अवस्थामा भेटिएको नौगाड ४ का वडाध्यक्ष कृष्ण धामीले जानकारी दिए।

घटना आज (सोमबार) विहानको भएको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad

Leave a Reply