बंगलादेशविरुद्ध नेपालको कमजोर सुरुवात, सस्तोमै आउट भए अर्जुनसहित तीन खेलाडी

0
5

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध तीन विकेट गुमाउँदै कमजोर सुरुवात गरेको छ । नेपालले सुरुवाती ९ ओभरमै प्रमुख ब्याटर अर्जुन कुमालसहित तीन खेलाडी गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २९ रनमै ३ विकेट गुमाएको थियो । नेपालका देव खनाल र विशाल विक्रम केसी क्रिजमा छन् ।

तीव्र गतिका बलर रोहनत डोउल्लाह बोस्रनको सट बल खेल्नेक्रमा अर्जुन थर्डम्यानमा क्याच आउट भएका हुन् । उनी २६ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी १३ बलमा ३ रन बनाउँदै क्याच आउट भएका थिए । उनी तीव्र गतिका बलर इकबाल हसनको आठौं ओभरको पाँचौं बलमा महफुजुर रहमान रबीबाट क्याच आउट भए । अफ साइडको फुल टस बलमा आकाश डिअफमा क्याच आउट भएका थिए । बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका थिए । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट समातिन पुगेका थिए ।

ad

Leave a Reply