फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २/२ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य बृद्धि भएको छ। अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य १९सय १० कायम भएको छ।

More From Author

कुटाइ खाने अधिकृतलाई विमानस्थलबाट हटाउन सिफारिस, प्रहरीलाई पनि कारबाही

जुम्लामा आज बिहानैदेखि हिमपात

Leave a Reply