spot_img
Tuesday, April 20, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

काठमान्डौ उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौं । आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै मोरङमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन् । यो संगै काठमान्डौ उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ |

मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।

यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

%d bloggers like this: