हिमपातले कर्णालीको जनजीवन कष्टकर

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ। प्रदेशका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ।

हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको छ। गत वर्ष पनि हिउँदका बेला पहिलोपटक माघ ६ गतेदेखि ९ गतेसम्म वर्षासँगै हिमपात भएको थियो। यस वर्ष ढिलागरी वर्षा भएको मौसमविद्को भनाइ छ। हिमपातभएसँगै कर्णालीका हिमाली जिल्लामा चिसो अत्यधिक भएको छ।

बाक्लो हिउँका कारण हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ। चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिनसमेत समस्या भएको छ। यसैबीच हिमपातले कोदो, चिनु, फापरलगायत कात्तिके बालीनाली सप्रिने आशा किसानले गरेका छन्।

More From Author

नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण, भारतभन्दा चार गुणा सस्तो

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका चेयर म्यान चौधरी पक्राउ

Leave a Reply