बाँसबारी जग्गा प्रकरणमा नातेदार पक्राउपछि सीआईबीलाई थर्काउन लाजिम्पाट पुगे राष्ट्रपतिका राजनीतिक सल्लाहकार

0
3

काठमाडौँ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा आफ्ना नातेदार समेत पक्राउ परेपछि उनी लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा पुगेका हुन् ।

बिहीबार अपराह्न सीआईबी पुगेका उनले सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग भेट गरेका छन् । बिहीबार नै पक्राउ परेका अजित नारायणसिंह थापा उनको नातेदार भएको बताइएको छ । सुनिल थापा कांग्रेस नेता तथा पूर्वमन्त्री समेत हुन् भने आफन्त पक्राउ परेसँगै हतारहतारमा सीआईबी पुगेका हुन् ।

ad

Leave a Reply