दबाबमा भारत, गुल्शनपछि आकाशले लिए विकेट

काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्समा भारतको तेस्रो विकेट पतन भएको छ। भारतका ओपनर अर्सिन कुलकर्नीलाई नेपाली बलर आकाश चन्दले १८ रन बनाएको अवस्थामा उत्तम मगरबाट क्याच आउट गराए। त्यसअघि भारतले दोस्रो विकेटका रुपमा १४ ओभरको पाचौँ बलमा प्रियांशु मोलियोलाई गुमाएको थियो।

३६ बलमा १ चौका हानेका प्रियांशु १६ रन बनाउँदै रन आउट भए। त्यसअघि अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई पेवेलियको बाटो देखाएका थिए।

पाचौँ ओभरको पाचौँ बलमा गुल्शनले सिंहलाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराए।
१८ बलमा ४ चौका बनाएका आर्दश २१ रनमा आउट भए। अर्का अ‍ोपनर अर्शिन कुलकर्नी १८ रनमा नटआउट छन्।

More From Author

अपराध गर्ने नेतालाई समात्यो कि सधैं दबाब आईहाल्छ : गृहमन्त्री श्रेष्ठ

सचिन र उदयको शतकको मद्दतमा भारतले नेपाललाई दियो भीमकाय लक्ष्य

Leave a Reply