चिनियाँ जहाज खरिद गर्न कोही पनि आएन, पुनः टेन्डर आह्वान

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ ५ वटा जहाज बिक्री गर्न पुनस् टेन्डर आह्वान गरेको छ। पहिलो सूचना अनुसार टेन्डर नपेरपछि अक्सनबाट बिक्री गर्नको लागि पुनः टेन्डर आह्वान गरेको हो।

निगमले डिसेम्बर २१ मा पहिलो सूचना जारी गरेको थियो। ६ फेब्रुअरीसम्म सहभागिता नभएपछि २१ फेब्रुअरीसम्मको लागि भाग लिन आह्वान गरेको छ।

चीनबाट ऋण र अनुदानमा अएका २ वटा एमए ६० र ३ वटा वाई १२ जहाज अहिले ग्राउन्डडेड रहेका छन्। निगमले सञ्चालन गर्दा नाफाभन्दा बढी घाटा भएसँगै जहाज सञ्चालन गर्न बन्द गर्ने निर्णय गरेको छ।

More From Author

रवि लामिछाने र दीपेश पुनमाथि अनुसन्धान गर्न सूर्यदर्शन पीडितको उजुरी

राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी रहने प्रचण्डको ब्रिफिङ

Leave a Reply