सजिलमान शाक्यकी श्रीमति रजिना र बुवासहित स्थानीयको प्रदर्शन

0
17

काठमाडौं । ललितपुर पुल्चोकस्थित स्कायर होटलको स्विमिङ पुलमा करेन्ट लागेर अचेत अवस्थामा पुुगेका सजिलमान शाक्यलाई न्याय दिलाउन प्रदर्शन गरिएको छ । मंगलवार पाटन दरवास्कायरमा स्थानीय, अयिभान्ताहलगायत सयौंको संख्यामा भेला भई घाइेत शाक्यको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय हुँदै स्कवायर होटलमा गएर कोणसभा परिणत भएको थियो ।

उनीहरुले‘जस्टीस फर सजिल’,‘आफ्नो गल्ती स्वीकार गर’ लगायतका प्लेकार्ड बोकी प्रदर्शनमा उत्रेका थिए । यता होटलकी सञ्चालिका सञ्चालक रोमी अर्याले सोमपबार प्रहरीसमक्ष उपस्थित भएपछि पक्राउ परेकी छन ।

गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिए।

प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ । मंगलबार रोमीलाई पनि ललितपुर जिल्ला अदालतमा पेश गर्ने तयारी गरिरहेको छ । हाल सलिजमान शाक्यको जावलाखेलस्थित घरमै उपचार भइरहेको छ । यस घटनापछि न्याय माग गर्दै परिवारजन, आफन्त तथा स्थानीयहरुले पटकपटक प्रदर्शन गर्दै आएका छन ।

ad

Leave a Reply