दीपेन्द्र सिंह ऐरी यूएईको फ्रेन्चाईज क्रिकेटमा अनुबन्धित

काठमाडौं । अलराउण्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरी यूएईको फ्रेन्चाईज क्रिकेटमा अनुबन्धित भएका छन् । इमिरेट्स क्रिकेट बोर्डले आयोजना गरेको इन्टरनेशनल लिग टी ट्वान्टीमा दीपेन्द्र अनुबन्धित भएका हुन् । दीपेन्द्रलाई इन्टरनेश्नल लिग टी ट्वान्टीको गल्फ जायन्टले अनुबन्धन गरेको हो । अघिल्लो वर्ष सुरुवात भएको यस प्रतियोगिताको दोस्रो संस्करण जनवरीमा सुरु भएको हो । यस प्रतियोगितामा ६ टिम सहभागी छन् ।

टी ट्वान्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिता डबल राउण्ड रोबिन र प्लेअफमा आधारमा खेलाईनेछ । दीपेन्द्र आबद्ध टिम गल्फ जायन्ट ८ अंक सहित लिगको तेस्रो स्थानमा छ । जायन्टले लिग चरणमा अझै दुई खेल खेल्न बाँकी छ । दीपेन्द्र आबद्ध टिमले बिहीबार साँझै मुम्बुई इमिरेट्ससँग खेल्ने तालिका रहेको छ । लिगको अन्तिम खेलको रुपमा गल्फले अबुधाब किंग्स राइडर्ससँग खेल्नेछ ।

More From Author

पोखरामा ५ करोड फिरौती माग्दै धम्क्याउने २ जना पक्राउ

किर्तोनलाई पवन सर्राफले गरे बोल्ड

Leave a Reply