किर्तोनलाई पवन सर्राफले गरे बोल्ड

0
5

काठमाडौं । नेपालविरुद्ध क्यानडाका लागि ठूलो स्कोर जोडिरहेका निकोलस किर्तोनलाई पवन सर्राफले बोल्ड गरेका छन् । किर्तोनले ९९ बलमा सात चौका प्रहार गर्दै ६८ रन जोडे । तर पवनले बोल्ड गरेसँग नेपाल लयमा फर्कने संभावना बढेको छ । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ६ विकेट गुमाएर २०५ रन जोडेको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिएका छन् भने रिजन ढकाल, सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिएका छन् ।

ad

Leave a Reply