रुपन्देही । प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ स्थित अमर क्याम्पस सञ्चालक समिति अध्यक्षको निर्वाचनमा एमाले पक्षीय उम्मेदवार विजयी भएका छन् । एमालेबाट उम्मेदवार बनेका स्वर्गद्वारी नगरपालिकाका पूर्वमेयर नेत्रबहादुर रोकाय क्षेत्रीले स्वर्गद्वारी नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुवर्णकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । खसेको ५६ मध्ये ३४ मत पाएर रोकाय निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी श्रेष्ठले २० मत पाएका थिए। २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । माडी क्षेत्रको एकमात्र अमर क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सोमबार निर्वाचन भएको थियो । निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
एमालेका उम्मेदवारले सत्ता गठबन्धनका उम्मेदवारलाई हराए
You May Also Like
Posted in
Education
हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित
Posted by
सुप्रीम खबर
More From Author
Posted in
Uncategorized
एकै पटक १७ जना उपसचिवहरूको सरुवा : हेर्नुहोस्, नामावली
Posted by
सुप्रीम खबर