भृकुटीमण्डपतिर लम्किँदै दुर्गा प्रसाईंका समर्थक

काठमाडौं । आज (फागुन १ गते) काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले कार्यक्रम आयोजना गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रसाईंको समूहका कार्यकर्ताहरू अहिले धमाधम भृकुटीमण्डपतिर लम्किरहेका छन्।

उनीहरू हिन्दु राज्य र राजतन्त्रको पक्षमा नाराबाजी गर्दै कार्यक्रमस्थलतिर आइरहेका छन्। काठमाडौँको न्यूरोड क्षेत्रबाट पनि प्रसाईं समर्थकको जुलुस भृकुटीमण्डतिर गइरहेको छ। यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकारले यस पटक सुरक्षा कडा बनाएको छ।

More From Author

६ महिनामा मानव बेचबिखन र ओसारपसार मुद्दामा ८९ जना पक्राउ

त्रिकोणात्मक सिरिजको शीर्ष चारमा परे नेपालले सोझै विश्वकप छनोट खेल्न पाउने

Leave a Reply