जनयुद्ध प्रधानमन्त्री पद र सत्ता कब्जाका लागि मात्रै : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्ला गतिविधिहरू हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए ।

उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए । जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे । हिंसा किन गरेको थियो भन्नेकुरा हालसम्म पनि पुष्टि गर्न नसकेको ओलीले बताए । युद्धका पीडितहरुले हालसम्म पनि न्याय नपाउनु दुःखद भएको बताए ।

More From Author

प्रचण्डद्वारा मस्यौदा विधान पेस, सबै कमिटी प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने प्रस्ताव

समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ एमाले प्रवेश

Leave a Reply