समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ एमाले प्रवेश

0
19

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो र केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन्। पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ समाजवादी परित्याग गर्दै नेकपा एमालेमा फर्किएका हुन्। श्रेष्ठद्वय तनहुँका हुन्। समाजवादी परित्याग गरेका यी दुईलाई मंगलबार एमालेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले स्वागत गरे। ओलीले घर फर्किएका कसैलाई भेदभाव नगरी उचित जिम्मेवारी प्रदान गर्ने बताए। एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा प्रतापलाल र शंकरनारायण माधव नेपालको समूहमा लागेका थिए। त्यसअघि एमालेमा रहँदा प्रतापलाल वैकल्पिक केन्द्रीय सदस्य थिए।

ad

Leave a Reply