पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले बताए । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ । तिनाउ गाउँपालिका–६ का वडाध्यक्ष टोमबहादुर पुनका अनुसार, दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ । उद्धार गरिएकाहरुलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।
Posted in
Main News
पाल्पामा जीप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु
You May Also Like
Posted in
Main News
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
Posted by
सुप्रीम खबर
Posted in
International
भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी
Posted by
सुप्रीम खबर
Posted in
Main News
निर्माणाधिन नारायणगढ बुटवल सडक (तस्विरहरू)
Posted by
सुप्रीम खबर
More From Author
Posted in
Uncategorized
एकै पटक १७ जना उपसचिवहरूको सरुवा : हेर्नुहोस्, नामावली
Posted by
सुप्रीम खबर