विकल र सुनिललाई थप १० दिन थुनामा राख्ने अनुमति

गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दुवैजना गत १० माघमा पक्राउ परेका थिए ।

यसअघि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन् ।

More From Author

दुई बैंक र ३ फाइनान्सका सिईओलाई राष्ट्र बैंकले गर्यो कारबाही

युद्धमा मारिका नेपालीको परिवारलाई क्षतीपूर्ती दिन रुस तयार, ७३ लाखदेखि डेढ करोड रकम हुन सक्ने

Leave a Reply