१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

क्यानले गरेको ग्रेडिङ प्रति क्रिकेट खेलाडीहरुको ध्यानाकर्षणपत्र



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हालै सार्वजनिक गरेको पुरुष र महिला क्रिकेटरको ग्रेडिङलाई लिएर उत्पन्न विवाद गहिरिँदै गएको छ । ग्रेडिङमा भएका त्रुटि र विरोधाभाषका कारण राष्ट्रिय टिमकै खेलाडीहरु सन्तुष्ट छैनन् ।

गत मंगलबार चितवनमा बसेको नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकबाट खेलाडीको ग्रेडिङ लिस्ट सार्वजनिक भएको थियो । पुरुषमा १८ जना समावेश हुँदा पहिलोपटक भएको महिला खेलाडीको ग्रेडिङमा १९ जना परेका थिए । त्यसलगत्तै क्रिकेटवृत्तमा विभिन्न टिका–टिप्पणी भए ।

अहिले आएर पुरुष र महिलाको राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरुले पनि ग्रेडिङप्रति असन्तुष्टि जनाएका छन् । खेलाडीहरुसँग सल्लाह नै नगरी क्यानले ग्रेडिङ सार्वजनिक गरेको उनीहरुको गुनासो छ । दुवै टिमका खेलाडीहरुले ग्रेडिङमा असन्तुष्टि जनाउँदै क्यानलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

राष्ट्रिय टिमका निवर्तमान कप्तान तथा अलराउण्डर पारस खड्काले असन्तुष्टिबारे सम्बन्धित निकायमा जानकारी गराएको र के आधारमा कसरी ग्रेडिङ गरियो भन्ने जवाफ क्यानले दिनुपर्ने बताए ।

‘वास्तविक हकदारले पाउनुपर्ने कुरा पाउनुपर्‍यो भन्ने हो, अब क्यानबाट के प्रतिक्रिया आउँछ हेर्न बाँकी छ,’ खड्काले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुबाट ध्यानाकर्षण पत्र क्यानमा आएको पुष्टि गरे ।


प्रतिक्रिया दिनुहोस !