१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

काठमाडौंको बिजुलीबजारमा पुलको रंगरोगन हुदै



काठमाडौँ । काठमाडौँको बबरमहलस्थित धोबिखोलामा निर्माण भइरहेको आर्क ब्रिजको रङ्गरोगनको काम थालिएको छ । शहरको गहनाका रुपमा मानिने यो पुल पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्छ । पुल यसअघि नै सञ्चालनमा आए पनि पुलको आकर्षक भाग आर्क (गुम्बज) लाई भने त्यतिकै राखिएको थियो ।

धोबिखोलाको पुरानो पुलको दुवैतर्फ १६ मिटर चौडाइ र ५१ मिटर लम्बाइका दुई वटा आर्क ब्रिजको निर्माण सम्पन्न भई कामदारहरू त्यसलाई सजाउन लागेका हुन् । साँझमा झिलिमिलि बत्तीमा त याे पुलकाे दृश्य निकै मनमाेहक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !