८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु



बारा। बारामा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको सो दुर्घटनामा एकै परिवारका तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका १ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं २९(३)००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट स्कुटरमा चालक निजगढ नगरपालिका –१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती २३ वर्षीया ज्योति र एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बस चालक फरार भएको र निजको खोजतलास भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !