१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएयो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ ।

१९.३ ओभरमा २२६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेवतिया । उनले १८ औं ओभरमा पाँच छक्का प्रहार गरे ।

शारजहाँ मैदानमा गएराति पन्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएर जित हासिल गर्यो । आईपीएलको इतिहासकै ठूलो स्कोर बनाउँदा पनि पन्जाबको टिम हार्यो ।

यो आईपीएल–१३ मा राजस्थानको रोयल्सको लगातार दोस्रो जित हो । यो जितसँगै राजस्थान अंक तालिकामा दोस्रो नम्बरमा उक्लिएको छ ।

एक समय राजस्थानको जित मुस्किल देखिएको थियो । तर राहुल तेवतियाले कमाल देखाए । राजस्थानलाई अन्तिम तीन ओभरमा जितका लागि ५१ रन आवश्यक थियो । १८ औं ओभरमा राहुलले शेल्डन कोटरेलको बलमा पाँच छक्का प्रहार गरेपछि म्याच उल्टियो । अन्तिम दुई ओभरमा राजस्थानलाई २१ रन बनाउनु थियो । १९ औं ओभरको पहिलो बलमा रोबिन उथप्पा आउट भए तर उनको स्थानमा आएका जोफ्रा आर्चरले मोहम्मद शामीको बलमा दुई छक्का प्रहार गरे । त्यसपछि तेवतियाले अर्को एक छक्का प्रहार गरे । जितका लागि दुई रन मात्र आवश्यक परेको बेला तेवतिया आउट भए । उनले ३१ बलमा ७ छक्काको मद्दतमा ५३ रन बनाए ।

राजस्थानलाई जितका लागि दुई रन आवश्यक परेको बेला मुरुगन अश्विनले अन्तिम ओभरको दोस्रो बलमा रियान परागलाई बोल्ड गरिदिए । तर अर्को बलमा टम करनले चौका प्रहार गरी राजस्थानलाई जित दिलाए ।


प्रतिक्रिया दिनुहोस !