७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था असामान्य बन्दै



काठमाडौं । विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिन थालेको छ । अनशनको १५ औं दिनमा उनलाई छातिको दुखाई, रिंगटा लाग्नेलगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिएको चिकित्सकले बताएका छन् ।

डा. केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा. सुभाषप्रसाद आचार्यले विज्ञप्तिमार्फत उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।

विज्ञप्तिमा जनाइए अनुसार उनको रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको छ भने ब्लड सुगर, सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम फोस्फोरस सबै न्यून भएका छन् । डा. केसीको पीसीआर रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा जानकारी गराइएको छ ।

डा. केसीलाई उनको नशाहरु खुला गर्न आईभी नर्मल सलाइन दिइएको छ । अन्य कुनै पनि प्रकारका पदार्थहरु ग्रहण गर्न उनले अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि समय उव्ल्लेख्य परिवर्तन आउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चाँडै नै सघन उपचार कक्षमा स्थानान्तरण गर्नुपर्ने हुन सक्छ ।’


प्रतिक्रिया दिनुहोस !