१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

काठमाडौं उपत्यकामा अपराधको अनुसन्धान नेपाल प्रहरीले गर्ने गरी प्रहरी ऐन संसोधन



काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरक्षा तथा अपराध अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीमा हुने भएको छ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई अध्यादेशमार्फत संशोधन गरिँदै उक्त व्यवस्था गरिएको हो। यसअघि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कसले हेर्ने र अपराध अनुसन्धान कसले गर्ने भन्नेमा अन्योल थियो।

ऐनको दफा १० मा उपदफा थपिँदै भनिएको छ- दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए पनि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनसुन्धान गर्ने कसूरको अनसुन्धान समेत नेपाल प्रहरीले गर्ने छ।

संशोधनपछि काठमाडौं उपत्यकामा रहने प्रहरी कार्यालयहरु नेपाल प्रहरीको मातहतमा रहने छन्।


प्रतिक्रिया दिनुहोस !